
बुटवल, बैशाख ७ गते । शनिबार बिहान बुटवलमा महिलामाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । महिलालाई गोली हान्ने व्यक्ति सितारे अन्सारी भएको र उसको ठेगाना भने झै एकनि नभएको जिल्ला प्रहरीका कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सुरज कार्कीले जानकारी गराएका छन् ।
गोली हान्ने व्यक्ति नेपाली नै हुन या भारतीय हुन्न भन्ने अझै एकिन हुन नसकेकाले ठेगाना पक्ता लगाउने कार्यमा लागिएको जिल्ला प्रहरीका कार्यालय रुपन्देहीका प्रवक्ता काकीृले बताए । शनिबार बिहान बुटवलको बुद्वनगरमा होटल सञ्चालन गर्दै आएकी २९ वर्षिय टिका विष्ट क्षेत्रीलाई गोली प्रहार गरी गरिएको थियो ।
गोली प्रहारबाट घाइते विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि भैरहवाको मेडिकल कलेजमा लगिएको थियो । तर मेडिकल कलेजमा गोली निकाल्न नसकेपछि चितनको भरतपुर अस्पतालमा लगिएको थियो । अहिले गोली लागेर घाईते महिलाको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
यसअघि पनि तिनै महिलालाई त्यही गोली हान्ने वयक्तिले बन्दुक देखाएर अपहरणको शैलीमा लगेको खोजबिन गरेपछि छोडेको थियो ।
गोली हान्ने सितारे अन्सारीले ति महिलालाई सापटी पैसा दिएको र पैसा दिएवापत पे्रम सम्बन्ध गांसेर विवहा गर्न खोजेको बुझीएको छ । ति महिलाले पे्रम प्रेम प्रस्ताव अस्वीकार गरेपछि गोली हानेको हुन सक्ने प्रहरीले बताएको छ ।
घाईते टिका विष्ट क्षेत्रीले पनि उसले आफुलाई पे्रम प्रस्ताव राखेको बताएकी छन् ।