बुटवल, बैशाख ७ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जीतगढी किल्लालाई विश्व सम्पदाको सूचीमा राख्न संघीय सरकारसंग लविङ गर्ने बताएका छन् । हाम्रो शान र मान जीतगढी किल्लाको विकासका लागि कुनै कमी नराख्ने मुख्यमन्त्री आचार्यले प्रतिवद्वता जनाएका छन् ।
आइतबार बुटवलमा जीतगढी उत्सव उद्घाटन समारोहमा बोल्दै राष्ट्रको गौरब जीतगढीलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने गरी आफ्नो तर्फबाट पहल गर्ने बताए । उजिरसिंहको विरतालाई कसैले कहिल्यै भुल्न नहुने बताउंदै मुख्यमन्त्री आचार्यले भने – उजिरसिंहको विरताले जोगिएको भूमिलाई विश्व सामू चिनाउने गरी प्रदेश सरकारले काम गर्ने बताए । उनले इतिहांले धेरै कुरा बुझाएको उल्लेख गर्दै उजिरसिंह जस्तो वीर सपूतको बलिदानलाई राष्ट्रले कसहल्यै नभुल्ने र सधै सम्मान गर्ने बताए ।

उनले उन्नती र सम्वृद्विका लागि प्रदेश सरकारले साझेदारीमा काम गर्ने बतानउंदै बुटवललाई आर्थिक केनद्रको रुपमा विकास गर्ने बताए ।
बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकारको तर्फबाट दिलो ज्यान दिएर काम गर्ने मुख्यमन्त्री आचार्यले आश्वासन दिएका छन् ।
बुटवल उपमहानगरले जीतगढी किल्लाको विकासका लागि कुनै कसुर बांकी नराख्ने बताउंदै जीतगढी किल्ला राष्ट्रिय प्रतिक भएकाले बुटवलका विदेशी पर्यटक भित्राउन सकिने बताए ।

उक्त कार्यक्रममा एमालेका नेता तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जन, बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्याल लगायतले बोल्दै राष्ट्र बचाउने लडाइमा बलिदानीपूर्ण लडाइ लडेका उजिरसिंह र जीतगढी नेपालीको लागि गौरव भएकाले यसको महत्वलाई सर्वमान्य बनाउनु पर्नेमा जोड दिए ।
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा बुटवलको जीतगढी किल्लामा जीतगढी विजयउत्सव मनाउने गरिन्छ ।

नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई जीतगढी किल्लाबाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजलाई परास्त गरी विजय गरेको थियो ।