सिद्धार्थनगरमा महिला पत्रकारका लागि ‘फिचर लेखन वृत्ति विकास तालिम’ सम्पन्न

 

रमा पन्थी ,रुपन्देही ।  सिद्धार्थ नगर नगर पालिकाको सहकार्यमा    सञ्चारीका समूह रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिकाले ‘फिचर लेखन वृत्ति विकास तालिम’ सम्पन्न गरेको छ।
आइतबार सिद्धार्थनगर-भैरहवाको एक होटेलमा आयोजित एकदिने तालिममा रुपन्देहीका ३५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो।

उक्त तालिमले सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूको लेखन क्षमता अभिवृद्धि गर्नुका साथै लुकेका विषय र समाचारलाई उजागर गर्नु/ गराउनु रहेको थियो।
सञ्चारीका समूह नेपाल रुपन्देहीकी अध्यक्ष मिना ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मिना पाण्डे (अस्मिना) ले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव छायाँ पन्थको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले आफ्नो सिद्धार्थ नगर नगरपालिले गरेका कार्यहरुमा प्रकाश पार्दै प्रयासरत रहदा रहदै पनि तीन पाङ्ग्रे सवारी व्यवस्थापन गर्न र डण्डा खोला तथा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए। यस्ता विषयमा सकारात्मक र नकारात्मक दुबै पक्ष समेटेर समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सोही नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिलाहरुलाई संविधानले दिएको अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिलाई खोजी उजागर गर्न पत्रकारहरुलाई अनुरोध गरिन। उनले सामाजिक सुधारको अभियानमा पालिकाले पत्रकारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन।

नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले पत्रकारिता क्षेत्र दबाव र प्रभावबाट मुक्त भएर वस्तुनिष्ठ रिपोर्टिङ गर्नुपर्ने उल्लेख गर्दै उत्कृष्ट भिडियो समाचार लाई समता टेलिभिजनले प्रसारण गरिदिने समेत बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सञ्चारीका समूहले विगतदेखि नै महिला पत्रकारहरुको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै येस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा सञ्चारीका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल, पूर्व अध्यक्ष निरा गौतम (निरु) लगायतले पत्रकारितामा टिक्न र बिक्न समाज अध्ययनसँगै लेखन क्षमताको विकास अपरिहार्य रहेको धारणा राखे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation