
कोटी प्रसाद पोख्रेल
अन्तराष्ट्रिय एक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा
१५६औं लेनिन दिवस तथा ७७औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रिय कार्यालय अम्बतुरमा कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह चेन्नई पश्चिम नगर उपाध्यक्ष प्रकाश बहादुर नेपालीको अध्यक्षता चिन्नै पश्चिम नगर समितिका सचिव किशोर शर्माको संचालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख अतिथि
ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणा प्रश्ताव उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक बिभागका चेन्नई पश्चिम नगरका संयोजक डिल बहादुर जि एम ले शब्दबाट स्वागत गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केशमान नेपालीले सर्वहारा वर्गका महान गुरु लेनिनको बारेमा र विश्व बर्ग संघर्ष र समाज परिवर्तनको लागि वहाँको योगदान को बारेमा प्रष्ट पार्नुभएको थियो भने नेकपाको स्थापना भएपछि देश भित्र बिभिन्न प्रकारका परिवर्तनका संघर्षहरु भए पनि वास्तविक जनताको जीवनस्तर तथा राष्ट्रियता र जनजीवनको सवालमा खासै परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा महिला विभाग कमला शर्मा, कमला नेपाली, हिमा जि एम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।