वैज्ञानिक समाजवादका जन्मदाता कार्ल मार्क्स हुन् । कार्ल मार्क्स र फडरिक एंगेल्सलले सन् १८४८ मा प्रकाशित गरेको कम्युनिष्ट घोषणापत्रमा पहिलोपटक वैज्ञानिक समाजवाद के हो भन्ने स्पष्ट पारिएको छ । सन् १७८९ मा भएको फन्सेली राज्यक्रान्तिबाट समाजवादको सुरुवात भएको हो । संसारको पहिलो निर्वाचित समाजवादी पार्टी भने अष्ट्रेलियन समाजवादी पार्टी हो । जुन सन् १८९९ मा स्थापना भएको थियो, पछि सन् १९६७ मा प्रकाशित कार्ल मार्क्सद्वारा लेखिएको पुस्तक ‘पुँजी’मा समाजवादी अर्थव्यवस्थाको बारेमा विस्तृत बयान गरेको पाइन्छ ।
नेपाललको संविधान २०७२ को भाग १ को धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य हुनेछ भनी उल्लेख गरिएको छ । त्यसैले यस आलेखमा समाजवाद के हो भन्नेबारेमा जानकारी गराउने प्रयास गरिएको छ ।समाजवाद एउटा यस्तो आदर्श आर्थिक तथा राजनीतिक प्रणाली हो, जहाँ सबै प्रकारका उत्पादनका साधनहरु राज्यद्वारा नियन्त्रित हुन्छन् र नागरिकहरुलाई न्यायपूर्ण ढंगले वितरण गरिन्छ । समाजवादी राज्य प्रणालीमा व्यक्तिगत सम्पत्तिको कुनै महत्व हुँदैन तर सार्वजनिक सम्पत्तिको सुरक्षा, प्रबर्द्धन र विकास गर्नु हरेक नागरिकको कर्तव्य हुन जान्छ । समाजवादमा व्यक्तिगत सम्पत्तिको नियन्त्रण र वितरण सामाजिक नियन्त्रणको माध्यमबाट गरिन्छ ।
अर्को अर्थमा समाजवाद भनेको राज्यद्वारा नागरिकहरुको आधारभूत आवश्यकताहरु जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा आदि समान ढंगले वितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा आर्थिक प्रणाली हो । समाजवादमा समाजका सबै नागरिकले उत्पादनका साधनहरुको समान ढंगले उपभोग गर्ने सुनिश्चितता हुन्छ । समाजवादी अर्थव्यवस्थाको उत्पादनका मुख्य चार साधनहरु श्रम, उद्यमशीलता, वस्तुगत पँुजी, प्राकृतिक संसाधनहरु हुन् । समाजवादी अर्थ व्यवस्थामा श्रमलाई महत्व दिइन्छ भने पुँजीवादी अर्थव्यावस्थामा पुँजी लगानीकर्ताको महत्व हुन्छ ।समाजवादको मुल मन्त्र भनेको प्रत्येकले आआफो क्षमताअनुसारको योगदान गर्नुपर्दछ । समाजका सबै नागरिकले आआफो योगदानअनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन् ।
यही मन्त्रले अर्थात् कामअनुसारको माम र दाम पाइने ग्यारेन्टी गरिएको हुनाले नै नागरिकहरु लामो समयसम्म राज्यले र्अहाएको काममा खटिन तयार हुन्छन् । यस्तो अर्थव्यावस्थामा मालिक र नोकरको सम्बन्ध हुँदैन । सबै नागरिकले आआफो क्षामताअनुसारको काम गरेअनुसार अक्तिरिक्त मूल्यस्वरुप शेयरको निस्सा (हिस्सा) प्राप्त गर्दछन् ।समाजवादी आर्थिक प्रणालीको आधारभूत विशेषता करिबकरिब हाम्रो अर्थमा सहकारीका जस्तै हुन्छ । जसरी सहकारीमा सदस्यहरु म्ालिक हुन्छन् र शेयरको भागिदार हुन्छन् त्यसैगरी समाजवादमा नागरिक मालिक हुन्छन् र राज्यको साधनको शेयरका भागिदार हुन्छन् ।
समाजवादको फाइदाहरु:
भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली
समानता र न्यायपूर्ण प्रणाली
सहभागितामुलक र सहकारिताको भावना समेटिएको
गरिबीको अन्त्य गरिएको
उत्पादनका साधनहरुको समान वितरण
एकले सबैको लागि र सबैले एकको लागि काम गर्ने
व्यक्तिगत महत्वकांक्षालाई निषेध गरिएको
प्राकृतिक स्रोत साधनको समुचित उपयोग
राष्ट्रिय पँुजीको विकास
कमजोरहरुलाई न्याय र समानता
राज्यबाट आधारभूत कुराको सुनिश्चितता
नाफाखोरहरुको नियन्त्रण
समाजवादको बेफाइदाहरु :
व्यक्तिगत सम्पत्तिको नियन्त्रण प्रणाली
पुँजीको विकासलाई महत्व नदिनु
निजी उद्योग र कम्पनी निर्माणमा रोक
नाफालाई महत्व नदिइएको
बजारको नियन्त्रणमा रोक
धन सम्पत्ति कमाउनु र व्यक्तिगत सम्पत्ति कमाउनमा रोक
मानवअधिकारमा कटौती
निजीकरणमा रोक
हाल संसारका अति कम देशहरुमा मात्रै समाजवादी आर्थिक प्रणालीको लागु गरिएको उदाहरण पाइन्छ । क्युबा, भेनेजुयला, चीन, भियतनाम, रसिया, उत्तर कोरिया र दक्षिण अमेरिकी कतिपय मुलुकहरुमा यस्तो आर्थिक व्यावस्था भए पनि ती देशहरुमा समेत विश्वव्यापी पुँजीवादको र खुला बजार अर्थतन्त्रको प्रभावले सम्पत्तिमाथिको व्यक्तिको स्वामित्वलाई खुला गरेको पाइन्छ । युरोपियन मुलुकहरु नर्वे, स्विडेन र डेनमार्क यस्ता देशहरु हुन् जहाँ समाजवादी अर्थव्यवस्था लागु गरिएको छ । तर, त्यहाँ पनि पँुजीवादी अर्थव्यवस्थाले अवलम्बन गरेको सम्पत्ति माथि व्यक्तिको अधिकार खुला गरिएको छ ।
पुँजीवादी अन्यायपूर्ण अर्थव्यवस्थाको विकल्पको रुपमा समाजवादी न्यायपूर्ण अर्थव्यवस्थाको प्रादुर्भाव भएको हो । यी दुई अर्थ व्यवस्थालाई जोड्ने पुलको काम सहकारी अर्थव्यवस्थाले गर्दछ । मुलुकमा पूर्ण रुपमा समाजवादको स्थापना भएपछि सहकारीको पनि औचित्य समाप्त हुन्छ ।
विवेचना बाट साभार गरिएको हो ।











