कान्ति माविमा रामकृष्ण सर्मा , मित्र गिरी ,कमला पन्थी र संगिता पोख्रेल विजयी

शंकर प्रसाद पोख्रेल

रुपन्देही ,मुख्य राजनीतिक दलहरुबीच भागबन्डामा कुरा नमिलेपछि बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको हो । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो। २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि शनिबार निर्वाचन भएको हो।
३ हजार ९७७ जना मतदाता रहेकोमा ११४२ मत खसेको थियो । ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत झविन्द्र भुसालले बतायका थिय।
कान्ति माबिको पुरुषतर्फ अन्तिम मत परिणाम अनुसार ११४२ मत गन्दा
रामकृष्ण शर्मा ५१४ मत ल्यायर बिजयी भएका छन ।त्यसै गरि
मित्र गिरीले ४८१ मत लियर बिजयी हुन सफल भएका छन । भने
हुमनाथ पौडेल ३४५ र
शिव पौडेल ३५४ मत ल्यायका थिय।
त्यसै गरि महिला तर्फ  मत गणना भैसक्दा कमला पन्थीले ५८८र संगिता पोख्रेलले ५०१ मतका साथ अग्रिम बिजय भयका छन ।

कान्ति माविको विद्यालय व्यवस्थापन समिति को चुनावमा
नेकपा एमालेका उम्मेद्वारहरु एक्लै चुनावी मैदानमा ओर्लेका थिय भने नेपाली काँग्रेस, स्वतन्त्र, नेकपा माओवादी केन्द्र, नेकपा बिप्लब ,नेकपा एकीकृत समाजवादीलगायतका दलहरु एकजुट भएर चुनाव लडेका थिय। पुरुष तर्फ सबैभन्दा बढि मत ल्याउने रामकृष्ण सर्मा नेकपा बिप्लब निकटका हुन मित्र गिरी राष्ट्रिय स्वतन्त्र पाटिका हुन । भने महिला तर्फ सबैभन्दा बढि मत ल्याउने कमला पन्थी नेकपा (माओबादी -केन्द्र) निकटकी रहेकी छिन। ५०१ मत ल्याएर बिजयी भएकि  महिला सदस्य संगिता पोख्रेल कांग्रेस निकटकि मानिन्छन।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation