
“हजारौं जनता मूर्ख भएर खास फरक पर्दैन,तर एऊटै मूर्ख शाषक भयो भने देशले नपाऊने दुख पाऊॅछ”अब्राहमलिंकनको भनाई।आज देशले ठीक यही भोगिरहेको अवस्था छ।राज्यका अंगहरू कार्यपालीका ,ब्यबस्थापिका,न्यायपालीका लथालिंग भताभूंग अवस्थामा छन।राज्य प्रति जनताको भर बिश्वास पूर्णरूपमा टुटि सकेको छ।जताततै अन्याय अत्याचार र भ्रष्टाचार मौलाएको छ।….’म भ्रष्टाचार गर्दिन,भ्रष्टाचार गर्न पनि दिन्न’भन्ने नारा छ,ब्यबहारमा त्यसको ठीक बिपरित छ।भ्रष्टाचारीलाई चौका चढाऊने,राम्रा मान्छेलाई सिद्धाउने,फसाऊने,चक्रब्यूहमा पार्ने प्रपंच छ।आफ्नो औकात नदेख्ने,अॅाफैले ॲाफैलाई सर्बेसर्बा ठान्ने,देश मिलाऊन नसक्ने,बिदेश मिलाऊन नसक्ने,आफ्नै पार्टी मिलाउन नसक्ने,अप्ठ्यारो पर्दा गणतन्त्रको माला जप्ने,नत्र गणतन्त्रको खालो काड्ने।दुर्बाच्य बोलेर सबैलांई बिच्क्याउने ।बास्तवमा ॲाफु फ्याऊरो भए पनि ॲाफुलाई जंगली राजा सम्झिने यस्ता मूर्ख शाषकको चंगुलमा देश फसेको अवस्था छ।तसर्थ देशलाई अरू बर्बाद हुन नदिन बेलैमा ॲाखा खोल्नु पर्ने आवश्यक भएको छ।
१-गणतानत्रिक मोर्चा—फेरी पनि राजाबादीहरू गणतन्त्र मास्न सलबलाई रहेकोले गणतन्त्रको रक्षार्थ गणतन्त्रका हिमायतिहरू फेरी पनि एकजुट,एक मुख हुनु पर्ने अवस्था छ।दलहरू नमिलिकन पंचायत गएन,माओबादी सहित सात दलहरूनमिलेको भए तत्कालै राजा ज्ञानेन्द्रको तानाशाही राजतन्त्र ढल्ने थिएन।जबतक गणतन्त्र सुरक्षित हॅुदैन तबतक खबरदारीको लागी गणतान्त्रिक मोर्चा रहीरहनु आवश्यक छ।
बाममोर्चा—देशलाई अग्रगती दिनको लागी बाममोर्चाको गठन अत्यावश्यक भएको छ।बाम ध्रुबीकरण भएर एऊटै नेकपा चुनाबमा जॅादा झण्डै दुई तिहाईले बिजय भएको थियो र जनतामा निकै आशा पलाएको थियो।जब मूर्ख शाषकले आफ्नो तुच्छ निजी स्वार्थको लागी जनताको आशाको दियो निभाई दियो।नाना थरी गैरसंबैधानिक कार्यहरू गरेर गणतन्त्रको खालो काढीयो।पार्टी फुटाऊन बाद्य पारियो,त्यस पछिका घटनाक्रमहरूले जनतामा निराशा छाउॅदै गयो,देशको राजनितीमा नयॅा नयाॅ ऐजेरूहरू पलाए।आज ती ऐजेरीहरूको ऊपचार गर्न हम्मे हम्मे परेको अवस्थाछ।आफ्नो चीना ऐलेसम्म लेख्न नसकेको पार्टी तिर नै जनमत ढल्कदै गएको अवस्था छ।ताकी ऊनीहरू जस्तोसुकै अपराध गरून।यदि त्यो बेला बाम ध्रूबिकरण नभत्केको भए निश्चितरूपमा यी ऐजेरूहरूले स्थान पाउने थिएनन।महाशक्ति मित्रराष्ट्र चीनको चाहना पनि ‘एनी हाऊ पार्टी मिलाऊ’ भन्ने नै थियो।पार्टी मिलाऊन नखोजेमा देश अरू बर्बाद हुने र पार्टी पनि ध्वस्त हुन सक्ने सुझाब थियो र राष्ट्रिय जनमोर्चा र नेकपा मसालको पनि त्यही नै सुझाव थियो।तर ती अमुल्य सुझाबहरू रद्दीको टोकरीमा मिल्क्याईयो।
तिनाऊ नदीमा धेरै पानी बगिसकेको छ तथापि देशमा बाम जनमत अझै संग्लै छ।अझै पनि बाम जनमत क्यास गर्न सक्ने हो भने बृहद बाममोर्चाको आवश्यकता छ।सिंगो बाम जगत देश बिकास र निकासको स्पष्ट खाका सहित आगामी चुनाबमा भिड्न सकेमा फेरी पनि जनतामा आशाको किरण पलाउने र देशमा शुसासन र समृद्धीको बाटोमा अगाडी बढ्ने प्रबल सम्भावना छ।
यस्को लागी एउटा सर्बसम्मत पात्र जस्ले सबै बामहरूको बिश्वास जित्न सक्छ त्यो पात्र खोजी गर्नु पर्दछ।आजको दिनमा बामपन्थिहरूको अबिभाबकको रूपमा ऊपयुक्त पात्र बिद्यादेबी भण्डारी नै हुन।ऊनैलाई नै मियो बनाएर बाम ध्रुबिकरण हुन सक्ने र अलमलमा परेका,पाखा पारीएका तथा छुटफुट रूपमा रहेका सबै बामहरू ऊनको नेतृत्वमा गोलबन्द हुन सक्नेछन।आजको मूल समस्या भनेको राष्ट्रियताको रक्षा,प्राप्त उपलब्धीको रक्षा र देशको अग्रगामी बिकास यी जटील मुद्दाहरू महाशक्ति छिमेकी मित्रराष्ट्र चीनको सहयोग बिना सम्भवै छैन।तसर्थ चीनको बिश्वास जित्न र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्न सक्ने भरपर्दो पात्र आजको दिनमा बिद्यादेबी भण्डारी नै हुन।ऊनकै पक्षमा माहोल बन्दै गएको अवस्था छ।
‘आजको नारा राजा आऊ देश बचाऊ’हैन बरू चाईना आऊ,देश बचाऊ हुनुपर्दछ।बास्तवमा हाम्रो देशको ऊत्तरी सीमानामा चीन नभएको भए भारतले नेपाललाई बिश्व मानचित्रबाट ऊहिले नै गाएब बनाई सकेको हुन्थ्यो।नेपाल लगाएतका छिमेकी राष्ट्रहरू भारतबाट असाध्य प्रताडित भएका छन।भारतका नेपाली खलपात्रहरू यस्मा बिशेष जिम्मेवार छन।भारत आफ्ना छिमेकी देशहरू समुन्नत भएको देख्न चाहादैन। अनेक अनेक बाधा अड्चनहरू तेर्साएर बाटो अबरूद्ध गराई रहेको हुन्छ तर मित्रराष्ट्र चीनको नेपालमा इतिहासकाल देखि नै निस्वार्थ रूपमा साथ र सहयोग रहॅदै आएको छ। चीनको राजनिती र बिकासबाट प्रभाबित नेपाली जनता देश बिकासको लागी चीनसंग हातेमालो गरेर काम गर्न ईच्छुक छन र चीनको अत्याधुनिक शीप र प्रबिधी भित्र्याऊन चाहान्छन।तर हाम्रो देशको हिजडा सरकार अनुकुल वाताबरण बनाऊने हिम्मत गर्न सकेको छैन।तसर्थ साच्चै देशलाई आत्मनिर्भरताको बाटोमा लैजाने ॲाट र क्षेमता राख्न सक्ने बामपन्थिहरूको सरकार आजको आवश्यकता हो।बामपन्थीहरूको लक्ष समाजवाद र संबिधानको मर्म पनि समाबाद ऊन्मूख भएकोले जस्को नारा ऊसैको नेतृत्व भए मात्र संबिघान कार्यान्वयन हुन सक्ने र देशले गती पक्डिने छ।तसर्थ बाम ध्रुबिकरकरण हॅुदै आगामी चुनाब पछि बाम सरकार नै आजको मूल नारा हुनु पर्छ। आजको बिकल्प राजाको सरकार हैन,बिकल्प देशभक्त बामपन्थिहरूको सरकारको हो।त्यसैले दलहरू अब ‘सच्चिने कि सकिने?’अझै पनि आशा गरौं सच्चिएर आऊ,दृढ प्रतिज्ञा गर।निजी स्वार्थ त्यागेर समग्र देश र जनताको स्वार्थको लागी काम गर।नत्र समयले कसैलाई बॅाकी राख्नेछैन।
ढुण्डीराज शर्मा पौडेल
बुटवल