
रमा पन्थी काठमाडौं, असार १९ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटद्वारा आयोजित तीनदिने अनलाईन मिडिया गोष्ठी असार १९ गते बिहीबारदेखि सुरु भएर २१ गते सम्पन्न भएको छ। उद्घाटन सत्रमा सञ्चार सचिव राधिका अर्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने सत्रको अध्यक्षता वरिष्ठ पत्रकार तीर्थ कोइरालाले गरेका थिए। कार्यक्रमका प्रवक्ता ध्रुवहरि अधिकारी थिए भने नसना बज्राचार्यले विशेष टिप्पणी प्रस्तुत गरेकि थिइन् ।
उक्त कार्यक्रको उद्घाटन सत्रमा पत्रकारितामा मोबाइल फोनको प्रयोग विषयमा केन्द्रित भएर परिचर्चा गरिएको थियो। मोबाइललाई पत्रकारिताको सहजता, छरितो र सस्तो उपकरणका रूपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरिएको थियो।
कार्यक्रमको दोस्रो दिन, असार २० गते शुक्रबार, ‘एआई: उपलब्धि र चुनौती’ विषयमा सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले ल्याएको अवसर र यसले निम्त्याउने सम्भावित चुनौतीहरूबारे गहिरो बहस गरिएको थियो।
एआई (Artificial Intelligence) को सहयोगमा शिक्षा, लेखन, अनुवाद, स्वास्थ्य, व्यवसाय, सिर्जनात्मक काम, प्रोग्रामिङ, सञ्चार जस्ता धेरै क्षेत्रमा काम गर्न सकिन्छ। यसले गृहकार्य गर्न, सामग्री लेख्न, भाषा अनुवाद गर्न, योजना बनाउन, चित्र वा भिडियो स्क्रिप्ट तयार गर्न, कोड लेख्न र निर्णय लिन सहयोग पुर्याउँछ। एआई एक बहुपयोगी सहायक बन्न सक्ने र जसले समय बचत र कार्यक्षमता बढाउँने कुराको पनि जानकारी गरियो।
तेस्रो दिन विशेषत कानुनी बिसयमा छलफल भएको थियो।मुलुकी अपराध संहिता सम्बन्धित दफा अनुसार कसैले अनुमति बिना अरूको तस्बिर खिच्न वा परिवर्तन गर्न नपाइने व्यवस्था र संवैधानिक धारा मार्फत सर्वोच्च तथा उच्च अदालतको कानुनी अधिकारसम्बन्धी विषयमा पनि कानुनविद्हरूले विश्लेषण गरेका थिए।
कानुनको पालना नगर्ने पत्रकारले विभिन्न समस्या भोग्नुपर्दछ, जसमा कानुनी कारबाही, जरिवाना, पत्रकारिता गर्ने स्वतन्त्रतामा प्रतिबन्ध, र सामाजिक आलोचना खेप्नुपर्ने हुन सक्छ। यदि समाचार लेख्दा तथ्य नजाँचिएको, भ्रामक वा घृणा फैलाउने सामग्री प्रकाशित गरेको खण्डमा प्रेस तथा प्रकाशन ऐन, साइबर ऐनजस्ता कानुनअनुसार सजाय हुन सक्छ। यस्ता समस्याले पत्रकारको विश्वसनीयता गुम्न सक्छ र दीर्घकालीन रूपमा उसको करियरमा असर पर्न सक्ने हुनाले पत्रकारले सत्य, निष्पक्षता र कानुनी मर्यादाको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले काम गर्न आवश्यक रहेको बताइएको थियो।
समापन सत्रमा कार्यक्रमको संयोजकत्व गरेका कपिल काफ्लेले सम्पूर्ण सत्रको समिक्षा प्रस्तुत गरेका थिए भने अन्तिम मन्तव्य मन्टेस्वरी राजभण्डारीले दिएकी थिइन्।
कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग गर्दा डिपफेक भिडियो जस्ता अनुचित अभ्यासहरूबाट सचेत रहन आह्वान गरिएको थियो । डिपफेक भिडियोका माध्यमबाट चरित्र हत्या, गलत सूचना प्रवाह वा अश्लीलता फैलाउने कार्य कानूनतः दण्डनीय हुने कुरा स्पष्ट गरिएको थियो।
तीव्र रुपमा परिवर्तन भइरहेको सूचना प्रविधिको युगमा नेपालमा एआई, साइबर सुरक्षा, डिजिटल पत्रकारिता र कानुनी अधिकारहरूको पुनरावलोकनको खाँचो भएको चर्चा पनि गोष्ठीभर उठाइएको छ।
तीन दिनसम्म सञ्चालित गोष्ठीमा अनलाइन न्युज पोर्टलका समस्या र सम्भावना, मिडिया कानुन, भिडियो सम्पादन र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग जस्ता विषयमा र , ए आइको सहयोग नलिएमा हामी पछि परिने कुरा जस्ता विभिन्न कुरामा प्रशिक्षण भएको थियो।
गोष्ठीमा नेपालका विभिन्न स्थान का सञ्चार क्षत्र मा आबद्ध ब्यक्तित्वहरू साथै अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूबाट
अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूको समेत गरि करिब ५० जनाको
सक्रिय सहभागिता रहेको कार्यक्रममा
मोबाइल पत्रकारिता, एआई प्रविधिको प्रयोग, मिडिया कानुन, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा डिजिटल युगमा पत्रकारहरूको भूमिकाबारे महत्वपूर्ण ज्ञान र अनुभव साटासाट गर्न सफल भएको र एस्ता कार्यक्रम गरिरहनु पर्ने निष्कर्ष निकालिएको थियो।