
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
काठमाडौँ । साम्राज्यवादी युद्धको विरोध गर्दै आगामी असार २७ गते शुक्रबार जुलुससहित सभा सम्पन्न हुने भएको छ ।
२०८२ असार २३ गते सोमबार सम्पन्न १२ राजनीतिक दल तथा दुई अभियानको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माका अनुसार असार २७ गते दिउसो २ बजे शान्तिवाटिकामा जम्मा भएर जुलुस सुरु हुनेछ । सो जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
सभालाई आयोजक दल तथा अभियानका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेता शर्माका अनुसार अमेरिकी, इजरायलीसहितका साम्राज्यवादी शक्तिले प्यालेस्टाइन, इरानलगायत विश्वभरि थोपरेको युद्धको विरोध गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।
बैठकमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, मौलाना नेतृत्वको जनता समाजवादी पार्टी, गोपाल किराती नेतृत्व र सङ्गीत स्रोता नेतृत्वको राजनीतिक अभियानका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सो बैठक सम्पन्न भएको थियो ।