
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित ‘श्री गणेश ट्रेडिङ’ का सञ्चालक विपिन कुमार पाण्डेयमार्फत लिन लगाइएको थियो । पाण्डेयले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष यादव र विपिन कुमार पाण्डेयलाई ३ लाख रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।