
रुपन्देही । पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मँगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषले ज्यान गुमाएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको छ ।
बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाई घाइते भएकी छन् । तिनाउ-३ हेडवक्स नजिकै भएको दुर्घटना लगत्तै उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए । सडकमाथि भिरबाट पहिरो आएर लाग्दा जनक सडकदेखि तल खसेका थिए ।