कपिलवस्तु जिल्ला अस्पतालमा फेरि लापरबाही : औषधि “पावरफुल” का लागि मात्र?

कपिलवस्तु ।
कपिलवस्तु जिल्ला अस्पतालमा फेरि एक पटक गम्भीर लापरबाही र अनियमितताको घटनाले अस्पताल प्रशासनप्रति प्रश्न उठाएको छ।
शनिबार बिहान अस्पतालको इमर्जेन्सी वार्डबाट DNS सलाई लिन फार्मेसी पुग्दा त्यहाँ कार्यरत लेडीज स्टाफ रागिनी पाण्डेले “अस्पतालमा छैन, बाहिरबाट लिनुपर्छ” भन्दै बिरामीका आफन्तलाई बाहिर पठाएको गुनासो सार्वजनिक भएको छ।

बिरामीका आफन्त रघुबेन्द्र पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्

“हामी इमर्जेन्सीबाट DNS लिन फार्मेसीमा गएका थियौं, तर स्टाफले औषधि छैन भन्दै बाहिरबाट लिन पठाइन्। तर उही समयमा अर्को एक ‘पावरफुल व्यक्ति’ पुगेपछि त्यही औषधि फार्मेसीमै उपलब्ध गराइयो। यो व्यवहारले अस्पताल प्रशासनको पारदर्शिता र निष्पक्षतामाथि ठुलो प्रश्न खडा गरेको छ।”

अस्पताल प्रशासन मौन, बिरामी त्रासमा

स्थानीयहरूका अनुसार, यो पहिलो घटना होइन। अस्पतालमा प्रायः अत्यावश्यक औषधि हरु बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो पटक–पटक उठ्दै आएको छ।
बिरामीका आफन्तले आरोप लगाएका छन् कि अस्पतालमा औषधि अभाव, बेवास्ता, स्टाफको मनपरी र “पावर देखाउने संस्कृति”ले सर्वसाधारण बिरामी सताइरहेको छ।

 

Mesu _किशोर बञ्जाडे प्रति ध्यानाकर्षण

स्थानीयवासीले जिल्ला अस्पताल प्रमुख डा. किशोर बञ्जाडेलाई अस्पतालमा बढ्दो अनियमितता, औषधि अभाव, स्टाफको मनपरी र “पावर गेम”प्रति तुरुन्त ध्यान दिन माग गरेका छन्।
जनताले भनेका छन्।

“यो अस्पताल हो कि राजनीतिक अखाडा? बिरामीले सेवा पाउनु पर्ने ठाउँमा तनाव, धाँधली र भेदभावको सामना गर्नु परेको छ।”

अस्पतालमा देखा परेका प्रमुख समस्या

इमर्जेन्सीमा उपलब्ध हुनुपर्ने औषधि बाहिरबाट लिनुपर्ने बाध्यता

औषधि वितरणमा पावर र पहुँच अनुसार भेदभाव

स्टाफको गैरजिम्मेवारी र सेवाप्रति बेवास्ता

बिरामी र आफन्तमाथि अनावश्यक मानसिक दबाब

अस्पताल प्रशासनको मौनता र कमजोरी

कपिलवस्तु जिल्ला अस्पतालमा बढ्दो विवाद, अनियमितता र पारदर्शिताको अभावले स्थानीय बासिन्दामा आक्रोश फैलिएको छ।
अस्पताल प्रशासन र सरोकारवाला निकायले तुरुन्तै छानबिन गरी स्पष्टिकरण नदिए बिरामी र जनताले मिडिया आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation