सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, प्रतिनिधिसभा विघटनको निर्णय

 

२७भदौ, काठमाडौं ।
देशको राजनीतिक संकट समाधानका लागि भएको लगातारको छलफल आज निर्णायक मोडमा पुगेको छ । शुक्रबार दिनभर चलेको वार्तापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।

सहमतिको अंशस्वरूप आजै बेलुकी सुशीला कार्कीलाई चुनावी सरकार प्रमुखका रूपमा घोषणा गर्ने तयारी भएको स्रोतले जनाएको छ । त्यसैगरी, प्रतिनिधिसभा विघटन गर्ने निर्णयसमेत वार्तामा सहभागी दल र पक्षबीच भएको छ ।

कार्कीलाई स्वच्छ छवि र निष्पक्ष व्यक्तित्व भएको भन्दै राजनीतिक दल र जेन–जी आन्दोलन पक्षबीच साझा उम्मेदवारका रूपमा अघि सारिएको हो । अब उनको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गरी आगामी चुनावको मिति तोक्ने प्रक्रिया अघि बढाइने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation