काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनको घटनाबारे अध्ययन गर्न आयोगले विशेष समिति गठन गरेको थियो ।
बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनाबारे विस्तृत अध्ययन गरिएको उल्लेख छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायत केही जिम्मेवार पक्षलाई दोषी ठहर गरेको जनाइएको छ ।
आयोगका अनुसार आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन, बल प्रयोग तथा राज्य पक्षको भूमिकाबारे समेत अनुसन्धान गरिएको थियो । प्रतिवेदन सार्वजनिक भएसँगै यस विषयमा राजनीतिक तथा सामाजिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।











