कपिलवस्तु,
कपिलवस्तु जिल्लाकाे महाराजगंज न.पा.४ बरईपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ (काठमाण्डौ-सुर्खेत) जाँदै गरेको कर्णाली प्रदेश.०२-००१ ख १२६६ नं.को बस आफैँ अनियन्त्रित भई सडकमा पल्टी दुर्घटना भएको हो ।
सबै घाईतेहरुलाई उद्धार गरी प्रहरीको गाडी र एम्बुलेन्स द्वारा उपचारको लागी जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाईएको भएपनि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।
घाईतेहरु मध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम,अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै यात्रीहरुलाई गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ।











