शंकर प्रसाद पोख्रेल ,
रुपन्देही, भदौ २८ – देशको राजनीतिक गतिरोध अन्त्य गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको छ। कार्कीलाई सरकार प्रमुखको रूपमा जिम्मेवारी दिइएको औपचारिक घोषणा पछि रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समूह नेपाल (ICG Nepal) ले सरकारलाई भव्य स्वागत तथा समर्थन व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै समूहका अध्यक्ष विश्वराज गैरेले भने, “Gen Z युवाहरूको परिवर्तनको आकांक्षा पूरा गर्ने नेतृत्व अब सुशीला कार्कीले लिनुभएको छ। उहाँको स्वच्छ छवि, दृढता र निष्पक्षताले मुलुकलाई शान्ति, सुशासन र स्थायी समाधानको बाटोतर्फ अघि बढाउने छ।”
समूहले जारी गरेको विज्ञप्तिमा कार्कीको नेतृत्वमा बनेको सरकारमाथि व्यापक जनअपेक्षा रहेको र आगामी चुनावसम्म मुलुकलाई निष्पक्ष ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमा नेपाली सेनाको शान्तिपूर्ण भूमिका, पत्रकार, बुद्धिजीवी तथा सम्पूर्ण नागरिक समाजको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
रुपन्देहीको तिलोत्तममा पत्रकार सम्मेलन गरि सुसिला नेतृत्वको सरकारलाई ऐतिहासिक अवसरका रूपमा स्वागत गर्दै बधाई दिइएको थियो।
देशभर विभिन्न स्थानमा स्वागत कार्यक्रम भइरहेका छन्। राजधानीदेखि गाउँ–गाउँसम्म “सुशीला कार्कीले मुलुकलाई स्थायी मार्गदर्शन गर्ने” भन्ने विश्वाससहित नागरिकहरूले समर्थन र उत्साह प्रकट गरिरहेका छन्।











