साम्राज्यवाद विरुद्ध संझैताहिन संघर्ष गरौ : महासचिव त्रिभुवन भट्टराई

खिमराज चालिसे
भारत
“साम्राज्यवादविरुद्ध सम्झौताहीन संघर्ष गरौँ” भन्ने नारासहित भारतको पञ्जाब राज्यस्थित लुधियाना फोकल प्वाइन्टमा आइतबार (२४ मे २०२६) मूल प्रवाहका विभिन्न विभागहरूको संयुक्त भेला सम्पन्न भएको छ। भेलाको उद्घाटन मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराई ले गर्नुभएको थियो।


उद्घाटन मन्तव्यका क्रममा महासचिव भट्टराईले साम्राज्यवादी शक्तिविरुद्धको संघर्षमा प्रवासमा रहेका मूल प्रवाह तथा त्यसअन्तर्गतका विभागहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले वर्तमान व्यवस्थाको अन्त्य नभएसम्म श्रमजीवी वर्गको वास्तविक उत्थान सम्भव नहुने धारणा राख्दै सांस्कृतिक विभागले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो।
भेलाले समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्दै विभिन्न विभागहरूको पुनर्गठन गरेको छ।

महिला नगर विभाग गठन

भेलाले मिना दलामीको संयोजकत्वमा १५ सदस्यीय महिला नगर विभाग गठन गरेको छ। विभागका सदस्यहरूमा सुनिता श्रेष्ठ, यमकला, बसन्ती भापा, बिमला अधिकारी, शोभा वर्मा, नुमा छेत्री, सन्जु रेग्मी, अस्मिता थापा, गीता सुनार, प्रिमा गिरी, संतु सुनार, कमला परियार र गीता भापा रहनुभएको छ।

विद्यार्थी संघ नगर समिति गठन

त्यसैगरी अनुपा गिरीको अध्यक्षतामा १५ सदस्यीय विद्यार्थी नगर समिति गठन गरिएको छ। समितिको सचिवमा विषाखा क्षेत्री तथा कोषाध्यक्षमा समिर वर्मा चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा अञ्जन वर्मा, अम्बिका क्षेत्री, उमा क्षेत्री, रेखा क्षेत्री, सुशीला क्षेत्री, राधिका क्षेत्री, कुशल वर्मा, सम्झना बिक, अञ्जली परियार र संतु सुनार रहनुभएको छ।

सांस्कृतिक विभाग गठन

भेलाले अर्जुन कार्कीको संयोजकत्वमा ९ सदस्यीय सांस्कृतिक विभाग गठन गरेको छ। विभागका सदस्यहरूमा हिक्मत परियार, गोविन्द परियार, बसन्ती भापा, नारायण पोखरेल, कैलाश खड्का, विषाखा क्षेत्री, करण भट्टराई र चेतमान रोका रहनुभएको छ।

सांस्कृतिक टोली गठन

सांस्कृतिक टोलीमा विषाखा क्षेत्री, रेखा क्षेत्री, अञ्जन वर्मा, उमा क्षेत्री, अनुप गिरी, राधिका क्षेत्री, सुशान्त वर्मा, गोनिषा परियार, अम्बिका क्षेत्री, सम्झना बिक, अञ्जली परियार, संतु सुनार र सुशील वर्मा रहनुभएको छ।
भेलामा शुभकामना मन्तव्य राख्ने अन्य वक्ताहरूमा राजकुमार साही, उदय सिंह चन्द, बिनीराम पुरी, बिमला अधिकारी, दीपाचन्द, बसन्ती भापा, गोविन्द परियार तथा नारायण पोखरेललगायत रहनुभएको थियो।
कार्यक्रम हरि केसीको अध्यक्षता, अर्जुन कार्कीको सञ्चालन तथा चेतमान रोकाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation