वर्गीय एकताबाट मात्रै श्रमिकको मुक्ति सम्भव : महासचिव भट्टराई

खिमराज चालिसे
चण्डीगढ़, २६ मे २०२६
त्रिभुवन भट्टराई ले संविधान संशोधनको नाममा ६२–६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरू तथा २०७२ सालको संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरूको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

भारतको पञ्जाब राज्यको संगरुरमा सोमबार २५ मे २०२६ मा आयोजित मूल प्रवाहका विभिन्न विभागहरूको संयुक्त भेलालाई उद्घाटन गर्दै महासचिव भट्टराईले उक्त विचार राख्नुभएको हो। उद्घाटन मन्तव्यका क्रममा उहाँले भारतमा क्रियाशील मूल प्रवाहका सम्पूर्ण विभागहरूलाई वर्गीय रूपमा एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले “वर्तमान व्यवस्थाको आमूल परिवर्तन र अन्त्य नभएसम्म श्रमजीवी वर्गको वास्तविक उत्थान र अधिकार प्राप्ति हुन सक्दैन” भन्दै श्रमिक वर्गको पक्षमा सशक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो।

महासचिव भट्टराईले सांस्कृतिक विभागले समाजमा सांस्कृतिक रूपान्तरण ल्याउन विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा समेत राख्नुभयो। भेलाले समसामयिक विषयहरूमा गम्भीरतापूर्वक विचार–विमर्श गरेपछि विभिन्न विभागहरूको गठन गरेको घोषणा मूल प्रवाहका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पैख्रेल ले गर्नुभएको थियो।

महिला विभाग

भेलाले लक्ष्मी बिष्टको संयोजकत्वमा २९ सदस्यीय संगरुर महिला नगर विभाग गठन गरेको छ। समितिका अन्य सदस्यहरूमा सिता आचार्य, अमृता खनाल, सरिता भुसाल, वर्षा बस्याल, मनिषा गोतामे, सिला खनाल, रोमा भुसाल, लक्ष्मी परियार, शान्ता परियार, भिमा थापा, गंगा आचार्य, बिष्णा बस्नेत, कृष्ण बस्याल, शान्ता बोहरा, बसन्त भुसाल, कमला खत्री, लक्ष्मी सुनार, हेमा सेन, गोमती, सरिता, कृष्ण बस्याल, गीता परियार, सानी भुसाल, सोना सुनार, बिष्णा परियार, सुचना सुनार र सम्झना सुनार रहनुभएको छ।

विद्यार्थी संघ

त्यसैगरी भेलाले दिक्षा सुनारको अध्यक्षतामा ११ सदस्यीय नगर विद्यार्थी संघ गठन गरेको छ। समितिको सचिवमा सरस्वती पाण्डे र कोषाध्यक्षमा रिना भुसाल रहनुभएको छ। सदस्यहरूमा नविन खनाल, मिनु परियार, पुरव परियार, अप्सन खनाल, बिपसा परियार, बिनीता परियार, साहाना भुसाल रहेका छन् भने एक स्थान रिक्त राखिएको छ।

सांस्कृतिक विभाग

भेलाले राजु खनालको संयोजकत्वमा १९ सदस्यीय नगर सांस्कृतिक विभाग गठन गरेको छ। समितिका सदस्यहरूमा बाबुराम परियार, रिना भुसाल, नविन खनाल, अप्सन खनाल, दिक्षा सुनार, नितु गुरुङ, सोना सुनार, मिनु परियार, सरस्वती पाण्डे, नारायण खनाल, करिश्मा खनाल, अमृता भुसाल, पुरव परियार, सिता आचार्य, सुष्मिता सुनार, सुनिता बोहरा र स्याना भुसाल रहनुभएको छ।

कार्यक्रममा सांस्कृतिक कलाकारहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रम गुणानिधी आचार्यको अध्यक्षता, रामु खनालको सञ्चालन तथा नारायण भुसालको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation