धनगढी । डोटीको के.आई.सिंह गाउँपालिका–४ वायल, चन्केसैन स्थायी घर भई हाल धनगढीमा बसोबास गर्दै आएका १० कक्षामा अध्ययनरत विद्यार्थी सुरज जोशी बेपत्ता भएका छन् ।
परिवारका अनुसार नवराज जोशीका नाती तथा बासुदेव जोशीका छोरा सुरज हिजो साँझ करिब ८ बजे बस्दै आएको कोठाबाट निस्किएपछि हालसम्म सम्पर्कविहीन भएका हुन् । उनी धनगढीस्थित पञ्चोदय स्कुलमा कक्षा १० मा अध्ययनरत छन् ।
बेपत्ता हुँदा उनले कालो टी–सर्ट र निलो हाफ पाइन्ट लगाएका थिए । उनीसँग साइकल समेत हुन सक्ने परिवारको अनुमान छ । शारीरिक बनोट अनुसार उनी पातलो र सावला वर्णका रहेका छन् ।
परिवारले सुरजको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ । यदि कसैले उनलाई देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन आग्रह गरिएको छ ।











