दाङ । दाङको तुलसीपुरमा प्रेम सम्बन्धमा रहेका युवकले प्रेमिकालाई बोलाएर सामूहिक बला त्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ भने एक जना फरार छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१०, बनगाउँ निवासी २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फ’रार रहेका तेस्रो युवकको नाम भने अनुसन्धानका क्रममा रहेकाले गोप्य राखिएको छ।
पीडित १९ वर्षीया किशोरीका अनुसार जेठ ५ गते राति करिब ९ बजे प्रेमी भनिएका ओम चौधरीले बोलाएर उनीसहित तीन जनाले सामू’हिक बला त्कार गरेका थिए। घटनापछि पीडितले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले भोलिपल्टै दुवै जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए। फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको र पीडितको स्वास्थ्य परीक्ष’ण तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।











