खिमराज चालिसे
भारत
भारतको हरियाणा राज्यको हिसारमा हिजो आईतवार २४ मई २०२६ को अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला सम्पन्न भएको छ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले शव्दद्धारा उदघाटन गर्नु भएको सो समारोहमा विद्यार्थीहरुको शैक्षिक योग्यता र गुणस्तरलाई वर्गिय रुपमा रुपान्तरण गर्नु पर्ने धारणा राख्नु भएको थियो वहाले विद्यार्थीहरुलाई राजनैतिक, सांगठनिक प्रशिक्षण दिएर सचेत जनशक्ति निर्माण कार्यमा सहयोग गर्नु पर्ने धारणा समेत राख्नु भएको थियो।
भेलाले लक्ष्मी रासकोटीको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको छ। सचिव कृती बिष्ट, कोषाध्यक्ष सरिता कुमाल रहनु भएको छ।
यसैगरि सदस्यहरुमा इन्दु रासकोटी, दिपा, वर्षा, अमृता, मंगल कुमाल, उदेश भुर्तेल, उमेश भुर्तेल, लक्ष्मी भाट क्षेत्री, देवराज देवकोटा, संदिप देवकोटा रहनु भएको छ।
उक्त समारोहमा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय कोषाध्यक्ष बाबुराम पोख्रेल, क्षेत्रिय सदस्य लाल बहादुर चुदाली, महिला क्षेत्रिय सदस्य सेती राना, दुर्गा शर्मा, नगर समितिकी बिष्णु गौतम,मूल प्रवाहको नगरका नन्द बहादुर लम्तरी, चन्द्र प्रकाश गैरे, रामु शर्मा, कमला बगाले, र अनिल रासकोटी लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम सरिता कुमालको अध्यक्षतामा तथा कृती बिष्टको संचालनमा सम्पन्न भएको हो भने ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनट मौनधारण पश्चात ईन्दु रासकोटीले स्वागत गर्नुभएको थियो ।











