मालिका–६ अर्जै राम्चेमा बस–मोटरसाइकल ठक्कर, दुई जनाको मृत्यु

गुल्मिको  मालिका गाउँपालिका–६ स्थित अर्जै राम्चेमा भएको भीषण सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
प्राप्त जानकारीअनुसार अर्जै बोर्डिङ स्कूलका विद्यार्थीहरू पिकनिकका लागि सवार बसले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
मृत्यु हुनेमा मालिका गाउँपालिका–६ निवासी ३६ वर्षीय बसन्त अर्याल र ६० वर्षीया मनकला अर्याल रहेका छन्।
दुर्घटनापछि स्थानीयबासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation