भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको  विमान रनवेबाट चिप्लिएको छ ।  अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिँदै करिब ३०० मिटर पूर्वतर्फ रहेको घाँसे मैदानमा पुगेको हो ।
विमानमा ५१ जना यात्रु र ४ जना चालक दल सवार थिए । प्रहरीका अनुसार सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेका छन् र घटनामा कुनै मानवीय क्षति भएको छैन ।
घटनापछि विमानस्थल क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन गरिएको छ । विमान रनवेबाट बाहिर पुगेपछि केही समय विमानस्थलको उडान–अवतरण प्रभावित भएको बताइएको छ । घटनाको कारणबारे प्राविधिक जाँच तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी र विमानस्थल प्रशासनले यात्रुहरूको सुरक्षित उद्धार गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation