राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जागरणसभा सम्पन्न

गोपाल प्रसाद भट्टराई
पौष–१९,अर्घाखाँची
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा बिशाल जागरणसभा
सम्पन्न गरेको छ । जेनजी पुस्ताको आन्दोलन, यसबाट उत्पन्न परिस्थिति,
आसन्न निर्वाचन र राष्ट्रिय राजनितिको निकास र यसमा राजमोको भूमिका
सार्वजनिक गर्न राजमोले यो सभा गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले
जनाएको छ ।
जिल्लाका ६ वटै पालिकाबाट राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता र
शुभचिन्तक हजारौंको सहभागितामा सन्धिखर्क–मसालबजारबाट ¥याली सुरु भई बजार
परिक्रमा गरि शान्तिबगैंचामा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई राष्ट्रिय जनमोर्चा महासचिव मनोज भट्ट, लुम्बिनी प्रदेश समिति
अध्यक्ष बोम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर
वि.सी., झविलाल थापा, नेतृ सकुन्तला राना र रक्तिम सांस्कृतिक अभियानका
अध्यक्ष गिरी प्रसाद बुढाले सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन के.सी.को अध्यक्षता, उपाध्यक्ष गोपाल
पौडेलको स्वागत मन्तव्य र सचिवालय सदस्य जीवनारायण खनालको संचालनमा
सम्पन्न कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न
जनवादी गित र नृत्य समेत प्रस्तुत गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी., यमलाल पोख्रेल, बाबुराम पन्थी,
अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा, अन्टुकका
नेता सिद्धि प्रसाद भट्टराई लगायतका नेताहरुको आतिथ्यता रहेको कार्यक्रमम
बोल्ने वक्ताहरुले देश इतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै चिन्ता
व्यक्त गरेका छन् ।
दशकौंदेखि सत्तामा बस्ने दलले जनतालाई भोट बैंक बनाएर उक्त लगानी फिर्ता
गर्न गरेको भ्रष्टाचार र बेथितिले भदौ २३ र २४ को घटना निम्तिएको
उनिहरुको आरोप छ ।
भारत, अमेरिका र पश्चिमा देशहरुले नेपाललाई क्रिडा स्थल बनाएको जिकिर
गर्दै नेताहरुले पहिले राजनितिक शक्ति त अहिले जनजीको नाममा नेपालीलाई नै
एजेन्ट बनाएर बिद्रोह गर्न पठाएको उनिहरुको दाबी छ ।
एक गिलास मदिरादेखि ५ सय र १ हजार सम्मको मूल्यमा भोट बेच्ने जनताको
सचेतना र अमूल्य भोटलाई सिन्कीको भाउमा खरिद गर्ने दलको गलत प्रवृतिले
मुलुकमा राजनैतिक स्थायित्व हुन नसकेको नेताहरुको आरोप छ ।
कांग्रेस, एमाले र माओवादीको नेृतत्वलाई समेत खरिद गरेको भारत, अमेरिका र
पश्चिमा देशहरुले अहिले जेनजीको नाममा केहि नेपाली युवाहरुलाई एजेन्ट
बनाएको उनिहरुले खुलासा गरेका छन् ।
भाद्र २३ गते भएको नवयुवाको आन्दोलन र माग जायज भएपनि भदौ २४ गते आन्दोलन
राजावादी, भारत र अमेरिकाले चलाइदिएको नेताहरुको दाबी छ । कांग्रेस
एमालेले साम्राज्यवादीहरुको यथोचित आदेश नमानेपछि जेनजीको नाममा एजेन्ट
खटाएको र उसको डिजाइनमा अहिलेको सरकार बनेको पनि उनिहरुको जिकिर छ ।
खाल्डोमा फसेको नेपाललाई बाहिर निकालेर सबल मुलुक बनाउन तत्काल निर्वाचन
र नागरिक सचेतनाबाट विवेकपूर्ण मतदानको उनिहरुले खाँचो औल्याएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation