पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ४ मा अखिल नेपाल महिला सङ्घको वडा समिति गठन गरिएको छ।
२०८२ साल पुस १९ गते सम्पन्न तेस्रो वडा भेलाले सो समिति गठन गरेको हो। भेलामा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमती सिंजाली प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। भने राजमो वडा अध्यक्ष ओम बहादुर रानाकोपनी अतिथ्यता रह्र्को थियो।
भेलाबाट माया विश्वकर्मा अध्यक्षमा चयन हुनुभएको छ। उपाध्यक्षमा सीता गाहा, सचिवमा इच्छा विक र कोषाध्यक्षमा सन्ध्या विश्वकर्मा चयन हुनुभएको छ।
त्यसैगरी भेलाले ११ सदस्यीय वडा समिति तथा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। कार्यक्रममा महिला अधिकार, संगठन सुदृढीकरण र स्थानीय स्तरमा महिलाको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।कार्यक्रमको अध्यक्षता तुलसा बुचा संचालन इच्छा बिकले स्वागत माया बिसिले गर्नुभएको थियो।











