काठमाडौँ, २१ पुष २०८२
अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा राजधानी काठमाडौँमा विद्यार्थी संगठनहरू सडकमा उत्रिएका छन्। आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावास क्षेत्र आसपास संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो।
भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य आक्रमण र राजनीतिक हस्तक्षेपप्रति आपत्ति जनाउँदै विद्यार्थीहरूले प्लेकार्डसहित नाराबाजी गरे। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने धारणा व्यक्त गरे।
प्रदर्शनका क्रममा भेनेजुएलाको सार्वभौमसत्ता र स्वाधीनताको सम्मान गरिनुपर्ने माग उठाइयो। अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सिद्धान्तअनुसार स्वतन्त्र राष्ट्रको निर्णयमा हस्तक्षेप बन्द गर्नुपर्ने उनीहरूको भनाइ थियो।
शान्तिपूर्ण रूपमा सम्पन्न उक्त प्रदर्शनका दृश्यहरू फोटो फिचरमार्फत प्रस्तुत गरिएको छ, जहाँ विद्यार्थीहरूको आक्रोश, नारा र एकता स्पष्ट देख्न सकिन्छ।











