काठमाडौं।
प्रगतिशील पत्रकार सङ्घ, नेपालको उन्नाइसौँ स्थापना दिवसको अवसरमा सङ्घका केन्द्रीय सदस्य तथा विश्व नेपाली डटकम का सम्पादक शंकर प्रसाद पोख्रेल ले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा जनपक्षीय पत्रकारिताको संरक्षण र सुदृढीकरणका लागि सङ्घले निरन्तर गर्दै आएको संघर्ष प्रशंसनीय रहेको बताउनुभएको छ। सत्य, न्याय र जनताको पक्षमा कलम चलाउँदै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र पेशागत मर्यादाको रक्षा गर्न सङ्घले पुर्याएको योगदान उल्लेखनीय रहेको उहाँको भनाइ छ।
शुभकामना सन्देशमार्फत पोख्रेलले आगामी दिनहरूमा पनि प्रेस स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकार सुनिश्चितता तथा जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा प्रगतिशील पत्रकार सङ्घ, नेपाल अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।
यस ऐतिहासिक अवसरमा सङ्घको यात्राले निरन्तर सफलता, एकता र मजबुती हासिल गरोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ।











