सिमलताल दुर्घटनापछि हराएको गणपति डिलक्स बसको अवशेष फेला

तनहुँको सिमलताल क्षेत्रमा भएको दुर्घटनापछि लामो समयदेखि बेपत्ता रहेको गणपति डिलक्स बसको भग्नावशेष फेला परेको छ। वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त बस त्रिशूली नदीको तनहुँतर्फको भागमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस २०८१ असार २८ गते सिमलताल क्षेत्रमा दुर्घटनामा परेपछि सम्पर्कविहीन भएको थियो। तनहुँ प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार खोजी कार्यको क्रममा बसको अवशेष फेला परेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation