कांग्रेस नेतृत्व विवाद टुंगियो, गगन थापालाई आयोगको मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वमा बनेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको हैसियतमा औपचारिक रूपमा मान्यता प्रदान गरेको हो।
बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा सम्पन्न विशेष महाधिवेशनबाट थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। सभापतिमा चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा आयोग पुगेका थिए।
आयोगले पेश गरिएका सम्पूर्ण कागजात तथा निर्णयहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिक ठहर गर्दै आधिकारिकता दिएको जनाएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानी काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सञ्चालन भएको थियो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation