प्युठान । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युठान जिल्लामा तिलक जिसीको उम्मेदवारी दर्ता भएको छ। दर्ता नम्बर १ का साथ जिसीले आधिकारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।
राष्ट्रिय जनमोर्चाले जिल्लामा संगठन सुदृढीकरण र जनमुखी राजनीति अघि बढाउने उद्देश्यसहित जिसीलाई उम्मेदवार बनाएको जनाएको छ। उम्मेदवारी दर्तापछि पार्टी कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्।
पार्टीले निर्वाचनमा जनताको पक्षमा स्पष्ट नीति र कार्यक्रम लिएर जाने जनाएको छ।











