खिमराज चालिसे
भारत
भारतको राजस्थान राज्यअन्तर्गत पर्ने श्रीगंगानगरमा मिति २१ जनवरी २०२६ मा मूल प्रवाहको प्रशिक्षणात्मक टोल भेला सफलतापूर्वक सम्पन्न भएको छ। उक्त भेलाले साधु कलोनी क्षेत्रमा तीन वटा टोल समितिहरू गठन गरेको छ।
मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै महासचिव भट्टराईले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा दृढतापूर्वक आवाज उठाउँदै आएको राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई देशभरबाट विजयी गराउन मूल प्रवाहका कार्यकर्ताहरूले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आसन्न निर्वाचनमा राजमोलाई जिताउन भारतभर छरिएर रहेका मूल प्रवाहका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई संगठित भई नेपाल पुग्न समेत आह्वान गर्नुभयो।
भेलाले समसामयिक राजनीतिक परिस्थितिबारे समेत व्यापक छलफल गर्दै साधु कलोनीमा तीन वटा अलग–अलग टोल समितिहरू गठन गरेको हो।
साधु कलोनी टोल समिति ‘ए’
भेलाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय साधु कलोनी टोल समिति ‘ए’ गठन गरेको छ। समितिको सचिवमा बाबुराम पोखरेल र कोषाध्यक्षमा ओमप्रकाश बिसी चयन हुनुभएको छ। सदस्यहरूमा डोरप्रसाद न्यौपाने, रबिन भण्डारी, विष्णु न्यौपाने, बलाराम भण्डारी, बरसत पोखरेल, अर्जुन पोखरेल, तेजमान न्यौपाने, उमेश न्यौपाने र तोसाराम डाँगी रहनुभएको छ।
साधु कलोनी टोल समिति ‘बी’
किसन न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय साधु कलोनी टोल समिति ‘बी’ गठन गरिएको छ। समितिको सचिव भिम न्यौपाने र कोषाध्यक्ष दधीराम न्यौपाने रहनुभएको छ। सदस्यहरूमा गोपाल न्यौपाने, लक्ष्मण भुसाल, कृष्ण भुसाल, संजीव पोखरेल, चन्द्रमणि भण्डारी र सुनिता भण्डारी रहनुभएको छ।
साधु कलोनी टोल समिति ‘सी’
भेलाले तारामणि भण्डारीको अध्यक्षतामा सात सदस्यीय साधु कलोनी टोल समिति ‘सी’ गठन गरेको छ। समितिको सचिवमा सुमन घिमिरे र कोषाध्यक्षमा बलाराम सुवेदी चयन हुनुभएको छ। सदस्यहरूमा हरिराम न्यौपाने, लक्ष्मण भुसाल र ओमप्रकाश सोनी रहनुभएको छ भने एक सदस्य पद रिक्त रहेको छ।
नवनिर्वाचित समितिलाई शुभकामना दिँदै मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य गिरु न्यौपाने, क्षेत्रीय सदस्य जागेश्वर न्यौपाने र नगर सदस्य विष्णु न्यौपाने लगायतका वक्ताहरूले आ–आफ्नो विचार राख्नुभएको थियो।
कार्यक्रम नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन राजेश न्यौपानेले गर्नुभएको थियो। स्वागत मन्तव्य रबिन भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले गर्नुभएको थियो।












