भारतको महाराष्ट्रमा विमान दुर्घटना, उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाको निधन

भारतको महाराष्ट्र राज्यमा एक विमान दुर्घटना भएको छ। प्रारम्भिक जानकारीअनुसार उक्त दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाको निधन भएको बताइएको छ।
घटना महाराष्ट्रको एक विमानस्थल नजिक भएको जनाइएको छ। दुर्घटनाग्रस्त बिमान  अवतरणको क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। विमानमा उपमुख्यमन्त्री पवारसहित चालक दल र अन्य यात्रु सवार थिए।
दुर्घटनापछि घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिएको थियो। तर विमानमा सवार सबै जनाको घटनास्थलमै ज्यान गएको पुष्टि भएको बताइएको छ। दुर्घटनाको कारणबारे हाल विस्तृत अनुसन्धान सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ।
यस दुःखद घटनाले महाराष्ट्रसहित सम्पूर्ण भारतमा शोकको वातावरण सिर्जना गरेको छ। राजनीतिक दलका नेताहरू, सरकारी अधिकारीहरू तथा आम नागरिकले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation