अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेसम वि.क. निर्वाचित

 

गोपाल प्रसाद भट्टराई

माघ–१६,अर्घाखाँची

अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेसम वि.क. निर्वाचित हुनुभएको छ । राष्ट्रिय जनमोर्चा निकट युवक संघको धारापानीमा सम्पन्न आठौं जिल्ला सम्मेलनले अध्यक्ष वि.क.को नेतृत्वमा २७ सदस्यिय जिल्ला समितिको गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा शुरेस आचार्य, सचीवमा झविन्द्र चुँदाली, सह–सचीवमा रिता बन्जाडे पुन र कोषाध्यक्षमा भुपाल वि.सी. निर्वाचित हुनुभएको बताइएको छ ।

अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष गाणेश अधिकारीले उद्घाटन गर्नुभएको सम्मेलनले माधव बन्जाडे र महेश बुढामगरलाई सचिवालयमा चयन गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष अधिकारीले नेपालमा युवालाई भाडाको खेताला बनाइएको आरोप लगाउनुभएको छ । बेरोजगार उत्पादन गर्ने शिक्षा, विदेश पलायन बनाउने राज्यको निति र विदेशीका एजेन्टले समेत भ¥याङ्ग बनाएर युवाशक्तिको दुरुपयोग गर्ने प्रवृति बढेको उहाँको आरोप छ ।

नयाँ र वैकल्पिक शक्तिको नाममा देश बेच्ने षडेन्त्र भइरहेको गम्भिर आरोप लगाउँदै अध्यक्ष अधिकारीले सेचत र देशभक्त युवाहरुको एकताको खाँचो औल्याउनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., राजमो अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार पशुपति ढकाल, जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य, अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष कमल पौडेल, सचिव ठाकुर पन्थी, अनेमसंघ नेतृ कल्पना पोख्रेल लगायतले सम्मेलनमा सम्बोधन गर्नुभएको थियो ।

राजनीतिलाई समाजसेवा भन्दा पनि कमाई गर्ने साधन बनाउँदा देश संकटमा परेकोले यसको भण्डाफोर गर्न युवाहरु एक जुट हुनुपर्नेमा उहाँहरुको जोड छ । सत्तासंग राष्ट्रियता साट्ने राजनीतिक प्रवृतिका बिरुद्ध सम्झौताहिन संघर्ष गर्दै यसपालि देशैभर राजमोका उम्मेद्धारलाई मतदान गरि जिताउनुको विकल्प नभएको उनिहरुको तर्क छ ।

देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता र गणतन्त्रको रक्षाका लागि युवाहरुले राजनीति बुझ्नु पर्ने उहाँहरुको धारणा छ ।

जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न सम्मेलनमा राजमोका विभिन्न तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation