पश्चिमी वायुको प्रभाव कायमै, आज उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको जनाएको छ। यस प्रणालीका कारण देशका विभिन्न भूभागमा मौसमको अवस्था फरक–फरक देखिएको छ।
महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्रमा बादल लागेको छ भने अन्य स्थानको मौसम प्रायः सफा रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया खुला रहनेछ।
त्यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation