मत दिएर जिताए विकासलाई प्राथमिकता दिन्छु : डा. गोविन्दराज पोख्रेल

शंकर प्रसाद पोख्रेल
नेपाली कांग्रेसका तर्फबाट प्युठान जिल्लाका उम्मेदवार डा. गोविन्दराज पोख्रेलले रुपन्देहीको बुटवलमा रहेका प्युठानका कांग्रेस कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुभएको छ।
सो अवसरमा डा. पोख्रेलले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूलाई मत दिएर विजयी गराए प्युठान जिल्लाको समग्र विकासमा पूर्ण ध्यान दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीलाई विकासका मुख्य प्राथमिकता बनाइने बताउनुभयो।
डा. पोख्रेलले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको विश्वास जित्ने खालका काम अघि बढाइने उल्लेख गर्नुभयो। भेटघाट कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको  उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation