कृष्ण अधिकारी विजयीको बाटोमा: साझा बाम कार्यकर्ताको मनोबल उच्च

शंकर प्रसाद पोख्रेल

बागलुङ क्षेत्र नं. १ का साझा बाम उम्मेदवार कृष्ण अधिकारीलाई विजयी गराउने उद्देश्यसहित बागलुङ नगरपालिका स्तरीय संयुक्त भेला सम्पन्न भएको छ। २०८२ साल माघ १७ गते सम्पन्न भेलाले साझा बामको चुनावी अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको छ।
भेलाका प्रमुख अतिथि तथा साझा बाम उम्मेदवार कृष्णप्रसाद अधिकारीले प्रतिबद्धता मन्तव्य राख्दै आफू निर्वाचित भएमा जनताको अधिकार, विकास र सुशासनका पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साझा बाम शक्तिको एकताले मात्रै परिवर्तन सम्भव हुने धारणा राख्नुभयो।
भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू कृष्ण केसी र बलावती शर्मा, क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तिलक थापा, सह–संयोजक कुमार विक्रम क्षेत्री लगायतले मन्तव्य राख्दै साझा बाम उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो।
भेलाले संयोजक निर्मल श्रेष्ठ र सह–संयोजक टेकबहादुर आरसी रहेको १७ सदस्यीय सचिवालयसहित २२५ सदस्यीय साझा बाम उम्मेदवार निर्वाचन परिचालन समिति (बागलुङ नगरपालिका) गठन गरेको छ। साथै संयोजक शिव ढुङ्गाना र सह–संयोजक प्रकाश पौडेल रहेको युवा परिचालन समिति तथा संयोजक धनमाया शर्मा र सह–संयोजक मुमा शर्मा रहेको महिला परिचालन समिति पनि गठन गरिएको छ।
भेला बागलुङ नगरपालिका संयोजक निर्मल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सह–संयोजक टेकबहादुर आरसीले गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य निर्वाचन परिचालन समितिका सदस्य राजु खड्काले राख्नुभएको थियो।
भेलाले साझा बाम उम्मेदवार कृष्ण अधिकारीलाई अत्यधिक मतका साथ विजयी गराउने दृढ संकल्प व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation