शंकर प्रसाद पोख्रेल
बागलुङ क्षेत्र नं. १ का साझा बाम उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई विजयी गराउने उद्देश्यसहित जैमिनी नगरपालिका स्तरीय संयुक्त भेला सम्पन्न भएको छ। चुनावी अभियानअन्तर्गत २०८२ साल माघ १८ गते कुश्मिशेरामा उक्त भेला आयोजना गरिएको हो।
भेलाका प्रमुख अतिथि तथा साझा बाम उम्मेदवार कृष्णप्रसाद अधिकारीले प्रतिबद्धता मन्तव्य राख्दै जनताको पक्षमा इमानदार राजनीति गर्ने र बागलुङको विकासका सवाललाई प्रतिनिधिसभामा मजबुत रूपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलावती शर्मा र कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, तथा क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाले मन्तव्य राख्दै साझा बाम अभियानलाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।
भेलाले दिल बहादुर श्रीसको संयोजकत्वमा र लाल बहादुर परियारको सहसंयोजकत्वमा ११ सदस्यीय सचिवालयसहितको निर्वाचन परिचालन समिति जैमिनी गठन गरेको छ। त्यस्तै, चन्द बहादुर केसीको संयोजकत्वमा र कुमार थापाको सहसंयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ।
यसैगरी भेलाले खगेन्द्र थापा संयोजक र विवश थापा सहसंयोजक रहेको युवा परिचालन समिति, तथा शान्त कला शर्मा संयोजक र झपेन्द्र कुमारी मल्ल सहसंयोजक रहेको महिला परिचालन समिति जैमिनी पनि चयन गरेको छ।
भेला निर्वाचन परिचालन समिति जैमिनीका संयोजक दिल बहादुर श्रीसको अध्यक्षतामा, सहसंयोजक लाल बहादुर परियारको सञ्चालनमा तथा क्षेत्रीय निर्वाचन परिचालन समितिका सदस्य नर बहादुर पुनको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।












