रुपन्देही – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलबीच मित्रतापूर्ण भेटघाट भएको छ।
लामो समयदेखि अस्वस्थ रहनुभएकी केसीकी जीवनसंगिनी पार्वता केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता पौडेल केसी निवासमै पुग्नुभएको हो। भेटका क्रममा उहाँले पार्वता केसीको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको जनाइएको छ।
राजनीतिक रुपमा फरक धारका नेताबीच भएको यो भेटलाई सद्भाव र मानवीय संवेदनासँग जोडेर हेरिएको छ।











