राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको निधन

ललितपुर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीको ललितपुरको लगनखेलस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उहाँको निधनले राष्ट्रिय जनमोर्चा र समग्र राजनीतिक वृत्त शोकाकुल बनेको छ।
स्वर्गीय जिसी लामो समयदेखि वाम आन्दोलन र जनपक्षीय राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो। संगठनप्रति उहाँको समर्पण, निष्ठा र इमानदारीपूर्ण भूमिकाका कारण उहाँ पार्टीभित्र मात्र होइन, व्यापक जनसमुदायमा पनि सम्मानित व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।
उहाँको असामयिक निधनले पार्टीले एक समर्पित नेता गुमाएको भन्दै विभिन्न तहबाट दुःख व्यक्त गरिएको छ। पार्टीका नेताहरूले उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै विचार र मार्गदर्शन सधैं स्मरणीय रहने बताएका छन्।
स्वर्गीय जिसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation