११ उपमहानगरको ‘परफर्मेन्स टेस्ट’मा बुटवल अब्बल, इटहरी सबैभन्दा पछाडि

देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका शीर्ष स्थानमा पुगेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको नतिजाअनुसार बुटवलले ६४.४४ अंक हासिल गर्दै अग्रस्थान सुरक्षित गरेको हो।
यसै सूचीमा सबैभन्दा कम अंक भने इटहरी उपमहानगरपालिका ले पाएको छ। इटहरीको कुल अंक ३८.९६ मात्रै छ।
दाङका दुवै उपमहानगर ‘टप–३’ नजिक
दाङका दुई उपमहानगरमध्ये तुल्सीपुर उपमहानगरपालिका ले ६१.५३ अंकसहित दोस्रो स्थान ओगटेको छ भने घोराही उपमहानगरपालिका ६१.०८ अंकसहित तेस्रो स्थानमा छ।
मध्य समूहमा को–को?
धनगढी उपमहानगरपालिका – ५६.६०
नेपालगञ्ज उपमहानगरपालिका – ५६.४५
हेटौंडा उपमहानगरपालिका – ५४.१३
जनकपुर उपमहानगरपालिका – ५१.५८
५० अंकभन्दा तल
धरान उपमहानगरपालिका – ४९.७६
कलैया उपमहानगरपालिका – ४९.५७
जीतपुर सिमरा उपमहानगरपालिका – ४८.३९
कसरी भयो मूल्यांकन?
आयोगले कुल १७ सूचकका आधारमा अंक दिएको हो। तीमध्ये प्रमुख सूचकहरू यस्ता छन्—
असार १० भित्र बजेट सार्वजनिक र असार मसान्तभित्र बजेट पारित
प्रदेशलाई बुझाउनुपर्ने ४०% राजस्व मासिक रूपमा दाखिला
आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण समयमै पेश
बजेट समीक्षा सार्वजनिक गर्ने समयसीमा
राजस्व परिचालन र खर्चको अवस्था
बेरुजु व्यवस्थापन
‘सूत्र’ सफ्टवेयर प्रयोग
विद्यार्थी भर्ना दर, कक्षा ९ टिकाउ दर
गर्भ जाँच गराउने महिलाको अनुपात
एसईई नतिजा र खोप लगाउने बालबालिकाको दर
देशभरका स्थानीय तहमध्ये ८० अंक कटाउने संख्या भने चार मात्रै रहेको आयोगले जनाएको छ, जसमा अधिकांश पश्चिम नेपालका छन्।
यस नतिजाले स्थानीय तहबीच प्रतिस्पर्धा बढाउने र सेवा प्रवाह सुधार गर्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation