कृष्ण अधिकारीको घरदैलो अभियान बागलुङमा तीव्र

बागलुङ, फागुन ७ – बागलुङ निर्वाचन क्षेत्र नं. १ मा साझा बाम गठबन्धनका उम्मेदवार कृष्ण अधिकारीले घरदैलो तथा जनभेट कार्यक्रमलाई तीव्रता दिएका छन्।
बिहीबार उनले बागलुङ नगरपालिकाको मुलपानी, तित्याङको डि–डाँडा, भकुण्डेको निफन्ने, काभ्रे, राँयडाँडाको कलावारी, भिर कटेरी, आफ्रे, तल्लोथर र सिम्ले लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा उनले राष्ट्रियताको रक्षा, सामाजिक न्याय र विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै ‘गिलास’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
उम्मेदवार अधिकारीले गठबन्धनका साझा कार्यक्रमलाई जनतामाझ स्पष्ट पार्दै स्थिर राजनीति र स्वाभिमानको पक्षमा आफूहरू उभिएको बताए। स्थानीय बासिन्दासँगको छलफलमा रोजगारी, पूर्वाधार र सेवा–सुविधा विस्तारका विषयमा पनि कुराकानी भएको जनाइएको छ।
यस्तै, शुक्रबार जैमिनी नगरपालिकाको उपल्लो दमेक, तल्लो दमेक र पैंयुथन्थाप क्षेत्रमा घरदैलो तथा जनभेट कार्यक्रम तय गरिएको प्रचार टोलीले जनाएको छ। साझा बाम गठबन्धनले चुनावी अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउँदै समर्थन विस्तार गरिरहेको दाबी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation