बरेङ–धुल्लुबाँस्कोटमा साझा बाम उम्मेदवार अधिकारीको घरदैलो तीव्र

बरेङ, फागुन ९ — संयुक्त बाम गठबन्धनका साझा उम्मेदवार कृष्ण अधिकारी ले राष्ट्रियताको संरक्षण र जनहितका मुद्दालाई अघि सार्दै मतदातासँग प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन्। उनले मतदातालाई आगामी निर्वाचनमा गिलास चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
शुक्रबार अधिकारीले जैमिनी नगरपालिका का उपल्लो दमेक, नेपाने, कालपातल, तल्लो दमेकको पोखराचौर हुँदै पैँयुथन्थापसम्म घरदैलो र जनभेटघाट कार्यक्रम सञ्चालन गरे। स्थानीयसँगको संवादमा उनले रोजगारी, सेवा–सुविधा र विकासका सवाल उठाउँदै आफ्ना प्रतिबद्धता राखेका थिए।
आज शनिबार भने कार्यक्रम बरेङ गाउँपालिका अन्तर्गत धुल्लुबाँस्कोट र हुग्दिशिरका साविक वडाहरूमा केन्द्रित छ। घर–घर पुगेर मतदाताको कुरा सुन्ने र सुझाव संकलन गर्ने शैलीले अभियानलाई जनमुखी बनाइएको छ।
संयुक्त बाम गठबन्धन को तर्फबाट बागलुङ निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दिएका अधिकारीको अभियानले ग्रामीण बस्तीहरूमा उल्लेख्य चासो जगाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation