नेकपा (मसाल) प्युठानद्वारा नारायण जिसीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

 

नेपाल कम्युनिष्ट पार्टी (मसाल) प्युठान जिल्ला समितिको आयोजनामा राष्ट्रिय जनमोर्चा का केन्द्रीय सदस्य दिवंगत नारायण जिसीको नवौं दिनको श्रद्धाञ्जली सभा आज झिमरुक गाउँपालिका–८, स्यालिघारीस्थित उहाँकै निवासमा सम्पन्न भएको छ।
श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेल, राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री, नेकपा (मसाल)का नेता तथा प्युठानका पूर्व सांसद हरि आचार्य, केन्द्रीय सदस्य एवं मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, राजमो केन्द्रीय सल्लाहकार सुरेश थापा, लुम्बिनी प्रदेश सल्लाहकार बासु पोख्रेल, राष्ट्रिय जनमोर्चा प्युठानका प्रतिनिधि सभा उम्मेदवार तिलक जिसी, राजमो प्युठान जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव त्रिभुवन भट्टराई, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष ऐन्द्र बिक, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष पदमा पण्डित तथा स्वर्गीय नारायण जिसीकी जीवनसाथी एवं अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव (निवर्तमान), लुम्बिनी प्रदेश सभासद तारा जिसी लगायत पारिवारिक सदस्य, आफन्तजन तथा सयौं नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा दिवंगत नारायण जिसीप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले उहाँले लामो समय भारतस्थित नेपालीहरूका हक–हितका लागि पुर्‍याउनुभएको योगदान तथा स्वदेश फर्किएपछि देश, जनता र पार्टीप्रति देखाउनुभएको समर्पणको उच्च मूल्याङ्कन गर्दै शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेकपा (मसाल) प्युठान जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो भने अखिल छैटौंका केन्द्रीय अध्यक्ष सुवास जिसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation