राष्ट्रिय जनमोर्चा रुपन्देही–१ मा चुनावी अभियान तीव्र

रुपन्देही । राष्ट्रिय जनमोर्चा रुपन्देही क्षेत्र नम्बर १ ले आफ्नो चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि बहादुर केसी मतदातासँग भोट माग्न घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्।
उम्मेदवार केसीले घर–घर पुगेर जनताका समस्या, सुझाव र अपेक्षा सुन्दै समर्थन मागिरहेका छन्। उनले आफू इमानदार, पारदर्शी र जनउत्तरदायी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास, रोजगारी र सुशासनलाई प्राथमिकतामा राख्ने बताएका छन्।
राजमो निर्वाचन परिचालन समितिका संयोजक शिवराम घिमिरेले पार्टी प्रत्यक्ष रूपमा जनतासँग जोडिएर अभियान सञ्चालन गरिरहेको जानकारी दिए। “हामी जनताको घरदैलोमा पुगेर आफ्ना एजेण्डा राखिरहेका छौँ। जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ,” उनले बताए।
राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट उल्लेखनीय परिणाम हासिल गर्ने दाबीसमेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation