फागुन १०, २०८२ ,काठमाण्डौ
पोखराबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा १७ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन्।
ग २ ख १४२१ नम्बरको बस गएराति बेनिघाटरोराङ गाउँपालिका–स्थित चरौंदी नजिक दुर्घटनामा परेको हो। बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य तीव्र बनाइएको छ। घाइतेहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।











