कृष्ण अधिकारीले राष्ट्रियताको रक्षा र संविधान जोगाउने अभियानलाई सफल बनाउन ‘गिलास’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
आइतबार बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दी मौवाट, वडा नं. ४ सल्यानको खालीडाँडाचौर, सपाउँदे हुँदै वडा नं. ५ सुखौरासम्म घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरिएको हो।
घरदैलोका क्रममा अधिकारीले निर्वाचनलाई व्यक्तिगत जित–हारको विषयभन्दा देशको भविष्यसँग जोडिएको विषयका रूपमा व्याख्या गरे। उनले मतदातालाई कुनै भ्रम वा प्रभावमा नपरी इमान्दार राजनीतिक शक्तिलाई समर्थन गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै कुशुम बुढाले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र राष्ट्रियता जोगाउन साझा बाम शक्तिको आवश्यकता औँल्याइन्। उनले राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीबीचको सहकार्यले बागलुङमा बलियो विकल्प प्रस्तुत गरेको बताइन्।
त्यस्तै, राजेन्द्र ढुङ्गानाले बाह्य प्रभाव र भ्रम फैलाउने प्रयासप्रति सचेत रहन मतदातालाई आग्रह गरे।
भोलि सोमबार जैमिनी नगरपालिका–१० राङखानी र वडा नं. ८ छिस्तीका विभिन्न स्थानमा घरदैलो तथा जनभेटघाट कार्यक्रम तय गरिएको छ।
बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा अधिकारी साझा बामका तर्फबाट ‘गिलास’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छन्।











