डोटीमा राष्ट्रिय जनमोर्चाको चुनावी आमसभा सम्पन्न

डोटी, के आई सिंह गाउँपालिका–४ मा राष्ट्रिय जनमोर्चाको चुनावी आमसभा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका महासचिव मनोज भट्ट ले प्रमुख सम्बोधन गर्नुभएको थियो।
सम्बोधनका क्रममा उहाँले राष्ट्रियता, स्वाभिमान र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय जनमोर्चालाई मत दिन आग्रह गर्नुभयो। देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्धका गतिविधिप्रति सचेत रहन अपिल गर्दै उहाँले परिवर्तनका लागि सही शक्तिलाई समर्थन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आमसभालाई सफल बनाउन सहयोगी भूमिका खेल्नु हुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation