राष्ट्रिय जनमोर्चा मकवानपुरको घरदैलो अभियान तीव्र

राष्ट्रिय जनमोर्चा मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाएको छ। थाहा नगरपालिका–डाँडाबासबाट सुरु भएको अभियान कैलाश गाउँपालिकाका वडा नं. ५, ६, १, २, ७ र ८ हुँदै राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा सम्पन्न भएको जनाइएको छ।
अभियानका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट, पार्टीको घोषणापत्र वितरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको थियो। स्थानीय बासिन्दाहरूले जनमोर्चाप्रति शुभेच्छा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएको आयोजकले बताएका छन।

घरदैलो कार्यक्रम केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य सानोभाइ कार्कीको नेतृत्वमा सञ्चालन भइरहेको छ। टोलीमा निर्वाचन परिचालन समिति मकवानपुर संयोजक शुभराज गोले, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की, राष्ट्रिय सहकारी अभियानका केन्द्रीय सदस्य कृष्णबहादुर बिष्ट, प्रत्यक्षतर्फका उम्मेदवार तथा राजमो मकवानपुर अध्यक्ष निरबहादुर सिन्तान, राजमो मकवानपुर सचिव दिनेश बिष्ट तथा सदस्यहरू लक्ष्मण बिष्ट, मनोज केसी र विक्रम बिष्टलगायतको सहभागिता रहेको थियो।

पार्टीले आगामी दिनमा पनि घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवादलाई थप प्रभावकारी बनाउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation