मकवानपुर
राष्ट्रिय जनमोर्चा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नबर २ अन्तरगत घरदैलो अभियान तिब्र गतिमा संचालन भैरहेको छ मनहरी बजारबाट सुरु गरेको घरदैलो अभियान मनहरी गाउँपालिकाको विभिन्न वडाहरु,हेटौंडा १९,११,३ ,१ ,भिमफेदी गाउँपालिकाको विभिन्न वडाहरु र इन्द्रसरोवरका विभिन्न वडाहरुमा पुगेर घरदैलो अभियान संचालन भएको छ ।अभियानमा जनमोर्चालाई शुभेच्छा प्रकट गर्ने धेरै मतदातासंग भेटघाट घोषण पत्र बितरण लगाएतको कार्यक्रम गरिएको थियो ।घरदैलो कार्यक्रम राष्ट्रिय जनमोर्चा केन्द्रिय निर्वाचन परिचालन समिती सदस्य सानोभाई कार्कि को नेतृत्वमा अगाडि बढिरहेको छ ।टोलिमा निर्वाचन परिचालन समिती मकवानपुर संयोजक शुभराज गोले , अन्टुक केन्द्रिय कोषाध्यक्ष पुरशोत्तम कार्की ,राष्ट्रिय सहकारी अभियान केन्द्रिय सदस्य कृष्ण बहादुर बिष्ट , प्रत्यक्ष तर्फका उम्मेदवार तथा राजमो मकवानपुर अध्यक्ष निरबहादुर सिन्तान ,राजमो मकवानपुर सचिव दिनेश बिष्ट ,राजमो सदस्य तथा समर्थकहरु लगाएतको सहभागीता रहेको थियो ।











