राष्ट्रिय जनमोर्चा मकवानपुरको घरदैलो कार्यक्रम जारी

राष्ट्रिय जनमोर्चा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नबर २ अन्तरगत घरदैलो अभियान तिब्र गतिमा संचालन भैरहेको छ ।थाहा नगरपालिकाको डाँडागाउँबाट सुरु भएको अभियान डाँडाबास, चौबास ,चिसापानी,छाप, देउखेल , महादेव खर्क,चल्ती ,लामेचौर,मोरिया, पुरानखानी, ऐसेलुखर्क,काभ्रे गल्छी, दामगाडे गैरिगाउँ हुँदै डाँडाबास आएर आजको अभियान स्थगित भएको छ ।अभियानमा जनमोर्चालाई शुभेच्छा प्रकट गर्ने धेरै मतदातासंग भेटघाट घोषण पत्र बितरण लगाएतको कार्यक्रम गरिएको थियो ।घरदैलो कार्यक्रम राष्ट्रिय जनमोर्चा केन्द्रिय निर्वाचन परिचालन समिती सदस्य सानोभाई कार्कि को नेतृत्वमा अगाडि बढिरहेको छ ।टोलिमा निर्वाचन परिचालन समिती मकवानपुर संयोजक शुभराज गोले , अन्टुक केन्द्रिय कोषाध्यक्ष पुरशोत्तम कार्की ,राष्ट्रिय सहकारी अभियान केन्द्रिय सदस्य कृष्ण बहादुर बिष्ट , समानुपातिक तर्फका उम्मेदवार शोभा गोपाली ,अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सदस्य प्रमिला कार्की ,राजमो शुभेच्छुक बिबेक बिष्ट ,लक्ष्मण बिष्ट ,विक्रम विष्ट लगाएतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation